सडक विस्तारका लागि बनाइएको नालीको खोँचमा परेर गैंडाको मृत्यु
चितवन, माघ ९– पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । आज दिउँसो करिब ३ः३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
सडक बनाउने ठेकेदारको लापरबाहीले नालीमा गैंडा खसेर मृत्यु भएको स्थानीयको आरोप छ । नाली बनाइसकेपछि उक्त ठाउँमा माटोले नपुरिदाँ नालीमा खसेको गैंडा निस्कने नसकेको अनुमान स्थानीयको छ ।घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।निकुञ्जको टोली घटनास्थलतर्फ जाँदै गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ठेकेदारले लापरबाही गरी नाली निर्माण गर्दा खनेको खोँचको भाग नपुर्दा उक्त क्षेत्रमा आवतजावतमासमेत समस्या हुँदै आएको छ ।
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















