नवजागृति सामुदायीक वनद्धारा तीजको अवसरमा शुभकामना
भरतपुर । नवजागृति सामुदायीक वन उपभोक्ता समुहले तीजको अवसर शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

रजत महोत्सव अन्तर्गत विभिन्न कार्यक्रमहरु गदै आएको वनले रजत महोत्सवकै अवसरमा दिदी बहिनीहरु बिचमा शुभकामना कार्यक्रमको आयोजना गरिएको वनका अध्यक्ष देव गुरु·ले जानकारी दिनुभयो । उहाँले तीजको अवसरमा दिदीबहिनीहरूलाई शुभकामना दिदै एक दिनकै लागि भएपनि दिदी बहिनीको लागि सामुदायी वन माईतीको आँगनी बनेको बताउनु भयो । हिजो घरमा भएको दुख पिडा माईतीमा गएर सुनाउने गरिन्थ्यो । तर समय अनुसार तीज पनि परिवर्तन भएको भन्दै उहाँले आफ्नो मौलिकतालाई भने भुल्न नुहने बताउनु भयो । उहाँले सामुदायीक वन संरक्षणमा महिलाहरु सहभागिता उल्लेखनीय रहेको भन्दै आफ्ना चाडपर्वहरुको जर्गना र त्यसको संरक्षणमा पनि महिलाहरुको उत्तिकै हात रहेको बताउनु भयो ।
कार्यक्रममा सामुदायीक वन महासंघ चितवनका अध्यक्ष विष्णु सापकोटाले विगतको तीज र अहिलेको तीजको वारेमा जानकारी दिनु भयो । सामुदायिक वनमा महिला सहभागीता र आफ्नो वनको यात्राको बारेमा बताउदै उहाँले सबैको साथका कारण अनवरत रुपमा सामुदायी वनको संरक्षणमा अगाडी बढ्न सकेको बताउनु भयो ।

कार्यक्रममा नवजागृति सामुदायीक वन उपभोक्ता समुहका उपाध्यक्ष नारायण केसी, कोषाध्यक्ष ईश्वरी आर्चाय लगाएत परिषद सदस्य महिलाहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खवर
-
चितवन, असार १२- राष्ट्रिय ...
-
शान्ता अधिकारी, भरतपुर। ...

















