उपाध्यक्ष अधिकारीसहितका पत्रकारलाई कोरोना सङ्क्रमण
थप सतर्कता अपनाउन महासङ्घको अनुरोध
चितवन । संचारकर्मकै क्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी सहित चितवनका अन्य केही पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको पत्रकार महासङ्घले जनाएको छ ।
कोरोना सङ्क्रमण देखिएका सबै होम आइशोलेसनमा रहेका छन् ।
राष्ट्रिय समाचार समिति चितवनका प्रमुख समेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अघि मंगलबार उनकी श्रीमती सुजाता पोखरेललाई संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना पनि होम आईसोलेसनमा रहेका छन । सङ्क्रमित अन्य पत्रकारहरुको पनि स्वास्थ्य सामान्य रहेको छ ।
यसैबीच होम आइशोलेशनमा रहेका सबैको महासङ्घले सिघ्रस्वास्थ्य लाभको कामना गरेको छ। सङ्क्रमितहरुको सम्पर्कमा रहेका थुप्रै पत्रकारहरु पनि यतिबेला होम क्वारेन्टिनमा बसेका छन । कन्ट्रयाक्ट ट्रेसिङ्गमा परेका पत्रकारहरुको परिक्षण र अन्य सहयोगका लागि पत्रकार महासंघले सहजीकरण गरिरहेको अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिए । खतिवडाले जिल्लाका सवै पत्रकार साथीहरुलाई थप सतर्कता अपनाउन अनुरोध समेत गरेका छन ।
कोरोना सङ्क्रमित अन्य पत्रकारहरुको विवरण गोपनियताका कारण सार्वजनिक नगरिएको महासङ्घले जनाएको छ ।
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















