काठमाडौं । नेकपा एमाले निकट युवा संघले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
पोखरामा सम्पन्न केन्द्रीय सचिवालय बैठकले यसअघिको कमिटी भंग गरी आयोजक कमिटी गठन गरेको हो ।
आयोजक कमिटी संयोजक किरण पौडेल रहेका छन् । यस्तै सह संयोजकमा सञ्जित कुमार झा, क्रान्ति बुर्लाकोटी तोकिएका छन् ।
यसअघिका सबै पदाधिकारी कार्यालय सदस्य र विभागका प्रमुख बनेका छन् ।
संयोजक पौडेल र सहसंयोजक झा एमाले केन्द्रीय सदस्य हुन् ।
अर्की सह संयोजक क्रान्ति बुर्लाकोटी १० बुँदे सहमतिपछि एमालेमा रहेको समूहबाट सह संयाजक बनाइएको हो ।
१० बुँदे समूहबाटै कृष्णहरी केसी कार्यालय सदस्य बनेका छन् ।
युवा संघले १३ सदस्यीय कार्यालय टिम बनाएको छ ।
कार्यालय सदस्यको नाम घोषणा गर्दै युवा संघका इञ्चार्ज महेश बस्नेतले प्राविधिक कारण पदाधिकारी घोषणा नभएपनि कार्यालय सदस्यहरु नै पदाधिकारी हैसियतमा रहने बताए ।
सदस्यहरु
अमित लामा
क्षितिज थेवे
सन्तोष रावल
अञ्जना अधिकारी
रमेश आचार्य
विष्णु घिमिरे
पुष्प श्रेष्ठ
रामजी सापकोटा
सुमन पुरी
उर्मिला सुनुवार
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















