मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने
मौलाकाली केबलकार
नारायणगढ (चितवन) ः पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका लागि सञ्चालनमा आएको मौलाकाली केबलकार । पूर्व–पश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ । मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेसन पुग्छ । यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ डब्बा छन् । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केबलकारको औपचारिक उद्घाटन गर्नुभएको थियो । मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीय बासिन्दाको रहेको छ । दुई अर्ब रुपैयाँमा चारतारे होटेलसहित केबलकारको पूर्वाधार निर्माण गरिएको हो । तस्बिर ः सनद अधिकारी÷रासस
0Shares
नवलपरासी, मंसिर १-
मौलाकाली केबलकार सञ्चालनमा आउने भएको छ । गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आउने भएको हो ।
अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर आज (सोमबार) बिहानबाट परीक्षण सुरु भएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । योसँगै अब केबलकार व्यवसायिक रुपमा भोलि (मंगलबार) साँझबाट सञ्चालनमा आउने उनले बताए । केबलकारको माथिल्लो स्टेसनबाट देवघाट, चितवन र नवलपरासीका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
भदौ २४ को तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेसनमा पूर्ण क्षति पुगेपछि केबलकार बन्द थियो ।
0Shares

















