0Shares

भरतपुर । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजनामा वैशाख ३० गतेदेखि सञ्चालित सात दिने दूध तथा दुग्धजन्य पदार्थ विविधिकरण तालिमको समापन भएको छ ।

युवा परिषद् बागमती प्रदेशको आर्थिक सहयोगमा सञ्चालित उक्त तालिमको समापन कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेको अध्यक्षता सम्पन्न भएको थियो ।

कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका उपाध्यक्ष भागीरथ तिमल्सेना प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुखअतिथि तिमिल्सेनाले किसानको समृद्धिबिना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताउँँदै किसानका समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने बताए । आफू ४० वर्षदेखि दुग्ध उत्पादन पेसामा आबद्ध रहेको र दूधजन्य पदार्थ विविधिकरणकौ विषयमा आफूले लामो समयदेखि आवाज उठाउँदै आएको बताउँदै तिमिल्सेनाले आमउपभोक्तालाई दुग्धजन्य पदार्थको प्रयोगमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै भरतपुर–६ का सदस्य एवं भरतपुर महानगरपालिका कार्यपालिका सदस्य शारदा पोखरेलले दूध र दुग्धजन्य पदार्थ विविधिकरणमा वडा कार्यालय र भतरपुर महानगर आवश्यक सहयोग गर्न तयार रहेको बताए । यसैगरी हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा. केशव शाहले तालिमपश्चात व्यवहारमा देखा पर्ने प्रभावले तालिमको औचित्य साबित हुने बताउँदै तालिमका सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरे ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले किसानलाई आत्मनिर्भर बनाउन सकेमात्रै देशको अर्थतन्त्र बलियो हुने बताए । किसानबिना कृषिमा आत्मनिर्भर कल्पना गर्न नसकिने बताउँदै उनले कृषिलाई सम्मानित पेसाको रुपमा हेर्नुपर्नेमा जोड दिए ।

तालिममा २५ जना प्रशिक्षार्थीको सहभागि रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका व्यवस्थापक जनार्दन पौडेलले जानकारी दिए । सो तालिमको प्रशिक्षकमा तेजनाथ ढकाल रहेका थिए । कार्यक्रम चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटिडका सचिव कल्याण अधिकारीले सञ्चालन गरेका थिए ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement