51Shares

भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा परिवारका सदस्यहरुलाई उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले छुट दिने भएको छ ।

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहलमा भरतपुर १० बालमन्दिर रोड, भरतपुरमा रहेको पुष्पाञ्जली हस्पिटलसँग प्रभात दिदी बहिनी बचत तथा सहकारी संस्था बिच सहकारीका सदस्य र परिवारका सदस्यहरुको उपचार खर्चमा छुटका लागि सम्झौता भएको हो ।
पुष्पाञ्जली हस्पिटल प्रा.लि भरतपुर १० को तर्फबाट हस्पिटलका अध्यक्ष चेतनाथ वाग्ले र प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष साधना पोख्रेल श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

 

सम्झौता पत्रमा सहकारीका सदस्य तथा परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छूटको व्यवस्था गरिएको छ । यस्तै, प्रयोगशाला परीक्षण, बेड सेवा, इसिजी, भिडियो एक्सरे, सिटी स्क्यानलगायतका सेवाहरुमा पनि खेलाडीहरुले २५ प्रतिशतसम्म छूट सुविधा पाउने भएका हुन् । यस्तै औषधिमा ७ प्रतिशत छूट सुविधा हुनेछ ।

 

सो क्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले दिदी बहिनीको स्वास्थ्यप्रति सधै अस्पताल र आफू गम्भिर रहेको बताउनु भयो । दिदी बहिनीको स्वास्थ्यप्रति अस्पतालको पनि दायित्व रहेको उहाँको भनाई थियो । उहाँले सो क्रममा महिलाहरुको स्वास्थ्य परिक्षण कार्यक्रम गाँउ घरमा नै गएर भएपनि गर्न अस्पताल तयार रहेको बताउनु भयो । आर्थिक अभावमा सहकारीका सदस्यहरुको उपचारमा समस्या नहोस् भनेर अस्पतालले गुणस्तरीय सेवा दिने बताउनु भयो । सहर देखी चितवनका पहाडी क्षेत्रका दिदीबहिनीहरूसंग प्रत्यक्ष जोडीएर काम गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।

 

सहकारीका अध्यक्ष साधना श्रेष्ठ पोख्ररेलले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । भरतपुर देखि कालिका नगरपालिकाको दुरर्गमसम्म शेयर सदस्यहरु रहेको अवस्थामा यस सहकार्यले दिदी बहिनीको स्वास्थ्यमा राम्रो भूमिका खेल्ने बताउनु भयो । यस छूटले ठूलो राहत र ऊर्जा मिलेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।

रक्तदान, महिलाहरूको पाठेघर देखि केही न केही सचेतना कार्यक्रम गरेर अगाडी बढ्ने अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेले बताउनु भयो । प्रभात दिदी बहिनी परिवारसग जोडीने माध्यम भएको बताउनु भयो । उहाँले छुट भन्दा पनि सम्झौता गर्नु भएका सबै संग सहकार्य गर्न ठुलो रहेको बताउनु भयो । जनतासंग अस्पताल कार्यक्रम लिएर घर घरमा पुगेर सेवा दिने सोचमा अस्पताल रहेको उहाँको भनाई थियो ।

 

अन्य आकस्मिक तथा विशिष्ट सेवाको लागि आपसी समझदारीमा अगाडी बढीने सम्झौता पत्रमा उल्लेख छ । गत वैशाख १ गतेदेखि नयांँ ठाउंँबाट सञ्चालनमा आएको सो अस्पतालमा सिटी स्क्यान सेवासहित अत्याधुनिक सेवा छन् । एक सय बेड रहेको सो अस्पतालमा विभिन्न विधाका ४० जना विशेषज्ञ चिकित्सकले सेवा दिंँदै आएका छन् । अस्पतालले जनतासंँग अस्पताल अन्तर्गत विभिन्न स्वास्थ्य कार्यक्रम तथा छूट सुविधा दिंँदै आएको छ ।

 

कार्यक्रममा प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष पुष्पा पाण्डे, सचिव मञ्जु पौडेल, कोषाध्यक्ष शोभा पाण्डे तथा सदस्यहरु र अस्पतालका प्रबन्ध निर्देशक सुजन राज अधिकारी, सामाजिक सेवा इकाइ प्रमुख केदारप्रसाद सुवेदी, अस्पताल व्यवस्थापक ऋषिरमण खनाललगायतको सहभागिता रहेको थियो ।

51Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement