9Shares

भरतपुर । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ औ साधारण सभा सुरु गरेको छ ।
इकाईगत रुपमा साधारण सभा गदै आएको सहकारीले यही भदौ २५ गतेबाट साधारणसभा सुरु गरेको हो । लक्ष्मीपुर सेवा केन्द्रबाट सुरु गरेको साधारण सभाका प्रमुख अतिथी वडा नम्वर ४ का कार्यवहाक वडा अध्यक्ष ठाकुर प्रसाद सापकोटा रहनु भएको थियो । उहाँले महिलाले हाकेको सहकारी उदारणीय हुने गरेको बताउनु भयो । अहिले सहकारीप्रति सर्वसाधरणको हेर्ने दृष्टिकोण सकारात्मक नभएपनि महिलाले सञ्चालन गरेका सहकारी नमुना हुदै जानु सुखद रहेको बताउनु भयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष साधना पोख्रेलले सहकारीको बारेमा बताउनु भएको थियो । सदस्यहरुको हितमा कार्यक्रमहरु गदै आएको भन्दै उहाँले सदस्य केन्द्रित कार्यक्रमहरु प्राथमिकता रहेको बताउनु भयो । संस्थाको वित्तिय अवस्थाको बारेमा जानकारी दिदै उहाँले सामाजिक संजाल मार्फत कार्यक्रमहरु र सूचना प्रकाशन गदै आएको बताउनु भयो ।

कार्यक्रममा सचिव मञ्जु रेग्मीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गनुर््भएको थियो । उहाँले समुदायको पछिल्लो छनोटको रुपमा प्रभात दिदी बहिनी रहनु सुखद रहेको बताउनु भयो । सहकारीको आन्तरिक नीति विधि र प्रबिधिको नियम भित्र रही सदस्यहरुको हितमा काम गदै आएको बताउनु भयो ।


कोषाध्यक्ष शोभा पाण्डेले संस्थाको आर्थिक अवस्थाको बारेमा जानकारी दिनु भएको थियो । उहाँले हरेक महिना पल्र्स प्रतिवेदन तयार गरी विश्लेषण गर्ने गरीएको बताउनु भयो । त्यसैगरी उपाध्यक्ष पुष्पा पाण्डेले स्वागत मन्तव्य दिनु भएको थियो ।

साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधाम सदस्यहरुलाई सम्मान समेत गरेको छ । सो अवसरमा असल ऋण, सदस्य विस्तार र असल बचत कर्तालाई सम्मान गरेको छ ।

भदौ २५ गते लक्ष्मीपुर सेवा केन्द्रबाट सुरु भएको इकाई साधारण सभा २६ गते शक्तिखोर सेवा केन्द्र, २७ गते शरदपुर सेवा केन्द्र र २८ गते जिल्ला समन्वयको हलमा गरेर साधारण सभा सकिने संस्थाले जनाएको छ । संस्थाले सदस्यहरुलाई आफुलाई पायक पर्ने स्थानमा सहभागि हुन पनि अनुरोध गरेको छ ।

9Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement