0Shares

१८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुने मृत्यु उल्लेख्य रुपमा घटेको छ । पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ, जुन २५ दिनयताकै कम हो । गत वैशाख २५ गते ५३ जना र २६ गते ८८ जनाको मृत्यु भएको थियो ।

त्यसपछि वैशाख २७ गते १३९ र २८ गते २२५ जनाको मृत्यु भएको थियो । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृतक संख्या बढेर जेठ ५ गते एकै दिन २४६ जनासम्म पुगेको थियो । त्यसपछि मृतक संख्या घट्दै आएर जेठ १४ गते ९६ जनामा झरेको थियो ।

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार १४७ पीसीआर परीक्षणमा ५२८५ जना र ३०१८ एन्टिजेन परीक्षणमा ८०० जना गरी ६०८५ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको संक्रमणदर ३०.१७ प्रतिशत देखिएको छ ।

नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १ लाख चार हजार ७८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ६८९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ४५४ पुगेको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement